वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
नेपालमा हुलाक सेवाः-
नेपालमा चिठीपत्र खबर सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले वि.स. १९३५ मा “नेपाल हुलाक घरको” स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ । सन् १९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि विश्व मञ्चमा नेपालको हुलाक सेवाको उपस्थिति भई नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भएको हो ।वर्तमान सञ्चार प्रविधिमा भएको व्यापक विस्तार तथा निजी डाँक सेवासँग प्रतिस्पर्धाको चुनौती सामना गर्नका लागि नेपाल हुलाकले वि.सं. २०७३ सालदेखि आन्तरिक ट्रयाकिङ प्रणाली (Postal internal traking system (PITS) का साथै विभिन्न जिल्लामा घुम्ती सेवामार्फत डाँक आदानप्रदान गरिरहेको छ ।
जिल्ला हुलाक कार्यालय, रसुवा
बाग्मती प्रदेशको उत्तरी भेगमा चिन संगको सिमानामा रहेको यस हुलाक बि.सं. १९९३ सालमा रसुवा हुलाक अड्डाको नामबाट टिमुरेमा स्थापना भएको हुलाकको टाँचाबाट देखिन्छ । जिल्लामा प्राप्त डाँक, हुलाक टिकट र चिठ्ठीपत्रको काम तोकिएको शुल्क लिइ सर्वसाधारणलाई सर्वसुलभ तरिकाले सेवा दिने गरि जिल्लामा हुलाक कार्यालयको स्थापना भएको हो ।जिल्लामा केन्द्रबाट प्राप्त भएको डाँक र जिल्लामा दर्ता भएको हुलाक बस्तुहरू सम्बन्धित तोकीएको ठेगानामा वितरण गर्न जिल्लामा १ जिल्ला हुलाक कार्यालय, ४ पालिका हुलाक कार्यालय, २ हुलाक काउण्टर र ११ अतिरिक्त हुलाक गरि जम्मा १८ वटा हुलाक कार्यालयबाट सेवा दिदै आएको छ ।साथै यस कार्यालयबाट जिल्लामा सञ्चालित एफ एम रेडियो र केवलको अनुगमन तथा नविकरण गर्ने गरिएको छ। समय समयमा बिज्ञापन बोर्डबाट प्राप्त निर्देशन बमोजिम लोक कल्याणकारी बिज्ञापन प्रसारण भए नभएको अनुगमन गरि रकम समेत भुक्तानी गर्ने कार्य गर्दै आएको छ ।