वि.सं:
नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१
शाखाका कार्यहरु
१.प्रशासन तथा जिन्सी शाखा
-टिकट प्राप्ती र भण्डारण गर्ने ।
-डाँक सञ्चालन गर्ने तथा कर्मचारीहरुलाई आलोपालोको व्यवस्था मिलाई जुनसुकै समयमा समेत डाँक बुझने/ बुझाउने व्यवस्था गर्ने ।
-पालिका हुलाक कार्यालयहरुसँग समन्वय गर्ने ।
-जिल्ला तथा मातहतका कार्यालयहरुको प्रशासनिक कार्य गर्ने।
-समयानुकुल डाँक रेखा निर्माण तथा अधावधिक गर्न सहयोग गर्ने ।
-अन्तरजिल्ला डाँक सञ्चालन सम्बन्धी समन्वय र प्रबन्ध गर्ने ।
-हुलाक सेवा विभागमा नियमित प्रतिवेदन गर्ने ।
-पालिका हुलाक कार्यालयहरुलाई व्यवस्थापन गर्न सहयोग गर्ने ।
-सहयोगिहरुलाई काममा खटाउने खटाईएको ठाँउमा तोकिए बमोजिम कार्य भएनभएको अनुगमन गर्ने ।
-निर्धारित समयमा हुलाक वस्तु बुझि वितरण गर्न लगाउने ।
-दर्ता चलानी फाईलीङलाई चुस्त दुरुस्त बनाउने ।
-सरुवा बढुवा नियुत्तीका टिप्पणी उठाउने सदर गराउने ।
-कार्यालय परिसर सरसफाई गर्न लगाउने ।
-मासिक, त्रौमासिक, वार्षिक विवरण तयार गर्ने ।
-कार्यालयको लागि आवश्यक जिन्सी सामानहरुको विवरण तयार गरी पेश गर्ने ।
-स्वीकृत बजेटको परिधिभित्र रही कार्यालयहरु संचालन गर्न आवश्यक पर्ने सामाग्रीहरु समयमानै खरिदको लागि पेश गर्ने ।
-खरिद गरिएका सामानहरु स्वीकृत गुणस्तर बमोजिम प्राप्त भए नभएको जाँच पश्चात आम्दानी बाध्ने र भूक्तानीको लागि कागजात तयार गर्ने ।
-कार्यालयमा प्रयोग हुने खर्च नहुने जिन्सी सामाग्रीको जिन्सी विवरण अधावधिक रुपमा राख्ने ।
-पालिका हुलाक कार्यालयहरुलाई उपलब्ध गराईएका सामानहरुको अभिलेख व्यवस्थित रुपमा राख्ने ।
-भैतिक साधनहरुको स्याहार सम्भार, मर्मत र संरक्षण गर्ने ।
कुनै जिन्सी सामानहरु टुटफुट भई मर्मत हुन नसक्ने सामानहरुको आ.प्र. सम्बन्धी एन नियम प्रक्रिया पुर्याई लिलाम गर्ने, मिन्हा गर्ने धुलाउने आदि कार्यमा सहयोग गर्ने ।
-तोकिए बमोजिम अन्य काम गर्ने ।
२.लेखा शाखा
-चालु तथा पूँजीगत बजेट निकासा लिने ।
-निकाश खर्चको श्रेस्ता अधावधिक राख्ने ।
-कार्यालयको आर्थिक विवरण तयार गरी पेश गर्ने ।
-थप रकमको आवश्यक परेमा समयभित्रै निकाश लिने व्यवस्था लिने ।
-कार्यालयलाई आवश्यकता अनुसार आर्थिक प्रशासन सम्बन्धी राय सल्लाह दिने ।
-प्रचलित कानून अनुसार विनीयोजन धरौटी, राजश्व आदिको श्रेस्ता राख्ने, राख्न लगाउने र सोको प्रतिवेदन तयार गरी गराई सम्बन्धीत निकायमा पठाउने ।
-कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, बिमा , सापटी, कर कट्टी र अन्य रकमहरु सम्बन्धित निकायमा दाखिला गर्ने ।
-कार्यालयको मासिक आम्दानी खर्चको मासिक विवरण तयार गरि सार्वजनिक गर्ने ।
-आर्थिक कारोबारको आन्तरिक तथा अन्तिम लेखा परिक्षण गराउने ।
- आन्तरिक तथा अन्तिम लेखा परिक्षणबाट अउल्यका बेरुजुको लागत खडा / अधावधिक गर्ने र फर्छैयौटको लागि लेखि पठाउने ।
-कर्मचारीको तलबी प्रतिवेदा पास गराउने ।
-आर्थिक प्रशासन सम्बन्धी अन्य तोकिएका कार्य गर्ने ।
-हुलाक अधिकृतले तोकेबमोजिमको अन्य कार्य गर्ने ।
3.प्रशासन, अनुगमन तथा जिन्सी शाखा
-हुलाक वस्तुहरु निर्देशनालय/कार्यालयले तोके बमोजिम एक स्थानबाट अर्को स्थानमा ढुवानी गर्ने ।
-हुलाक वस्तुहरु कार्यालयले तोकेको स्थानमा वितरण गर्ने ।
-हुलाक वस्तुका उल्लेख भएको नाम र वितरण गर्न लागिएको व्यत्ति वा संस्था उही हो वा होईन यकिन गर्ने । आवश्यक परे परिचय समेत लिने ।
-दर्ता (चिठी , पुलिन्दा) हुलाक वस्तु वितरण गरेको भर्पाईमा बुझने व्यत्तिको प्रस्ट बुझिने हस्ताक्षर र मिती उल्लेख गर्ने ।
-फिर्ता रसिद टासिँएको हुलाक वस्तु भए रसिदमा समेत हुलाक वस्तु बुझने व्यत्तिको हस्ताक्षर गराई सो फिर्ति रसिद लिने । यो रसिद कार्यालयमा बुझाउने ।
-हुलाक वस्तु वितरण भएपछि सोको सूचना हुलाक कार्यप्रणालीमा अनिवार्य राख्नुपर्नेछ ।
-वितरणमा लगिएका हुलाक वस्तु प्रापकको ठेगानामा बुझाउन नसके अर्को दिन पनि बुझाउने प्रयास गर्ने ।
-ठेगानामा प्रापक फेलानपरे तेश्रो पटक सम्म वितरणको प्रयास गर्ने ।
-वितरण नभएका हुलाक वस्तु शिघ्र प्रथम पक्षलाई जिम्मा लगाउनु पर्नेछ । द्रुत डाँक सेवाबाट प्राप्त हुलाक वस्तु सोही दिन बुझाउनु पर्नेछ। बुझाउन नसके सोही दिन प्रथम पक्षलाई फिर्ता गर्नुपर्ने छ।
- वितरण हुन नसकेका हुलाक वस्तुहरु कारण उल्लेख गरी शाखामा बुझाउनु पर्नेछ । हुलाक वस्तु चार दिन भन्दा बढि आफूसगँ राख्न नपाईने ।
-शाखाहरु वा ईलाकाहरुमा खटाईएका जनशत्तीले शाखा तथा ईलाकाको प्रत्यक्ष निर्देशनमा कार्यालय भित्र तथा बाहिर कार्यालय समय भित्र वा अघि पक्षि तोकिएको कार्य गर्नुपर्नेछ ।
-कार्यालय/शाखाको निर्देशन अनुसार डाँक थैला ओसार पसार गर्ने, गाडीमा लोड अनलोड गर्ने तथा विभिन्न शाखाहरु जस्तै मेल एजेन्सीबाट मेल सेन्टर, पुलिन्दा शाखा, ई.एम.एस शाखा, पोष्ट बक्स शाखा तथा अन्य शाखामा ल्याउने तथा लैजाने एवं अन्तर्गतका ईलाका/ काउन्टरमा रहेर कार्य गर्नुपर्नेछ ।
-कार्यालयले तोकेका अन्य कार्य गर्ने ।
4.पालिका हुलाक कार्यालय
-हुलाक वस्तु दर्ता गर्ने।
-हुलाक वस्तु वितरण गर्ने ।
-टिकट बिक्री गर्ने।
-डाँक सञ्चालन गर्ने ।
-सीमाना जोडिएका पालिका हुलाक कार्यालयहरुले सीमानामा रहेका पालिका हुलाक कार्यालयबाट ---डाँक आदानप्रदान गर्ने व्यवस्था मिलाउने (अर्को जिल्लाको पालिका हुलाक कार्यालयसँग समेत) तथा -सोको अभिलेख जिल्ला हुलाक कार्यालयमा पठाउने ।
-कार्यालयमा भए गरेको कामको नियमित प्रतिवेदन गर्ने ।
-हुलाक कार्यालयबाट प्रदान हुने सेवाहरुको प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने।
-सरोकारवाला निकायहरुसंग समन्वय र सहजीकरण गर्ने ।
-हुलाक सेवा संचालन र व्यवस्थापनसँग सम्बन्धित अन्य कार्यहरु गर्ने ।
-समयसमयमा जिल्ला हुलाक कार्यालयको निर्देशन बमोजिम कामहरु गर्ने ।
५.हुलाक काउन्टर
-हुलाक वस्तु दर्ता गर्ने।
-टिकट बिक्री गर्ने।
-आवश्यकता अनुसार हुलाक वस्तु वितरण गर्ने ।
-जिल्ला हुलाक कार्यालय/पालिका हुलाक कार्यालयका प्रमुखले तोके बमोजिम अन्य काम गर्ने ।